खोज–अनुसन्धान

सिद्धार्थ राजमार्गको रात्रीसेवामा प्रशासनको रोक




पाल्पा १० साउन । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, हिउँदेखोलास्थित भासिएको सडकमा ‘ग्याभियन म्याट्रेस’ बिछ्याएर एकतर्फि सवारी साधन सञ्चालन गरिएको छ । राजमार्गलाई असर गर्नेगरी झन्डै ६० मिटर सडक भासिएपछि जिओटेक्निकल इन्जिनियरको सुझावको आधारमा ग्याबिन जाली भरेर सवारी साधन सञ्चालन गरेको हो । भासिएको स्थानमा हिलो भएको र सवारी साधन फसेपछि ग्याबिन जाली भरेर सवारी साधन सञ्चालन गरिएको सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटले बताए । सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमका अनुसार ठूलो पानी नपर्दासम्म ‘ग्याबिन म्याट्रेस’ बिछ्याएर सवारी साधन सञ्चालनका लागि अस्थायी समाधान खोजिएको हो । भासिएको स्थानमा त्रिपाल बिछ्याएर पहिरो रोकथामको प्रयाससमेत गरिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा बुधबारदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन बुधबारदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । अत्यावश्यकीय मालबाहक बाहेकका गाडी नचलाउन आग्रह गरिएको छ । दुई वर्ष अघि पनि हिउँदे खोलामा सडक भासिएर एक हप्तासम्म सवारी साधन सञ्चालनमा कठिन भएको थियो ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६