ब्रेकिंग न्युज

गाउँ बन्यो धन उत्पादनको थलो




तुलसीपुर १० साउन ।तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । बटोलपुरकी चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ ।हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ । उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्रmी गर्दै आउनुभएको छ ।
उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग–यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ ।”उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ ।पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६