ब्रेकिंग न्युज

एमाले बाणगंगाको नगर अधिवेशन भाद्र १० भित्र



कपिलवस्तु, १० श्रावण । नेकपा (एमाले) बाणगंगा नगर अधिवेशन यही भाद्र १० गते भित्र सम्पन्न गर्ने भएको छ । एमाले बाणगंगा नगर पार्टी कार्यालय जितपुरमा सम्पन्न नगर सचिवालयको वैठकले यस्तो निर्णय गरेको एमाले बाणगंगाले जनाएको छ । नगर सचिवालय वैठकले अधिवेशनका निम्ति आवश्यक निर्णय लिनका निम्ति नगर पदाधिकारीलाई अख्तियारी समेत प्रदान गरेको छ । वैठकले पार्टी सदस्यता नविकरण जोड दिएको छ ।वैठकमा एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एमाले प्रति जनविश्वास बढदो रहेको चर्चा गर्दै समग्र जिल्लाको विकास प्रति साझा दृष्ट्रिकोण निर्माणमा जोड दिनु भयो ।त्यस्तै नेकपा (एमाले)का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले जनअपेक्षा पुरा गर्न जनप्रतिनिधीले विकास निर्माणका काममा तिव्रता दिनुपर्नेमा जोड दिदै पार्टी र जनप्रतिनिधी संग संगै अगाडी बढनु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले जन अपेक्षा पुरा गर्न योजनाको प्राथमिकीकरण गर्दै ठिक ठिक स्थानमा बजेट विनियोजनमा आफुले जोड दिएको स्पष्ट पार्नु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीलाई समुदायका हरेक गतिविधीसंग जोडेर लैजानु पर्ने धारणा राख्नु भयो । वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरीले सबै जात जाति वर्ग समूदायको पक्षमा पार्टीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् एमाले पूर्व जिल्ला अध्यक्ष डम्मर शर्माले ब्यक्ति केन्द्रित चरित्र त्यागेर सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्दै संस्थागत प्रणालीको विकासमा जोड दिन आग्रह गर्नु भयो । वैठकमा एमाले पूर्व जिल्ला अध्यक्ष एवम् एमाले नेता झविलाल पोख्रेलले सामाजिक संजाल मार्फत हुने झुठा विषय र ब्यक्तिको चरित्र हत्या गर्ने काम प्रति इंगित गर्दै त्यस्ता गतिविधीको पार्टीले आगमी दिनमा कानूनी कार्वाहीको बाटो रोज्नु पर्ने धारणा राख्नु भयो ।
त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरको विकासमा सबै राजनैतिक दलसंग सहकार्य गर्दै नगरको समग्र विकासमा आफुले ध्यान दिएको बताउनु भयो ।


एमाले बाणगंगा नगर उपाध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता, नगर सचिव विष्णु गिरीको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु धर्मराज भुसाल, द्रोणराज सुवेदी, विमला चौधरी, पूर्णकला सुनार, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिव सिवि गहतराज, जिल्ला उपसचिव देवी बहादुर पोख्रेल, एमाले जिल्ला सचिवालय तथा जिल्ला कमिटी सदस्यहरु लगायतका नेताहरुको आतिथ्यता वैठक सम्पन्न भएको एमाले बाणगंगा नगरक कमिटी उपसचिव चेतनारायण भण्डारीले जानकारी दिनु भयो ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६