देश

कपिलवस्तुमा एसइई ग्रेड वृद्धिका लागि ८ परीक्षा केन्द्र तोकियो



कपिलवस्तु, ११ साउन ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि कपिलवस्तुमा ८ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न ८ विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।


एकाइ प्रमुख घिमिरेका अनुसार जिल्ला सदरमुकाम भित्रका बुद्धपद्म र तौलेश्वरनाथ संस्कृत माबि गरि २ परीक्षा केन्द्र तोकिएको छ । मायादेवी गाउपालिकाको छत्रपाली तिर्थदेबी माबि र बाणगंगा नगरपालिका स्थित जनता माबि पिपरामा परीक्षा केन्द्र तोकिएको छ ।


बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध माध्यमिक बिद्यालय गोरुसिंगे, शिवराज नगरपालिकाको समयथान माध्यमिक बिद्यालय खरेन्द्रपुर र राष्टिय माध्यमिक बिद्यालय चन्द्रौटामा केन्द्र तोकिएको छ । कृष्णनगर नगरपालिकाको रामगोरखा माध्यमिक बिद्यालय बहादुरगंजमा केन्द्र तोकिएको उनले बताए । यस जिल्लाका १३४ विद्यालयका करिब ३१ सय जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६