प्रदेश

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता फेर्ने प्रयास असफल



कपिलवस्तु, ११ साउन । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेशसभाले आज उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै रहको उल्लेख छ। दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेको उल्लेख छ ।

संसदीय दलका नेता धर्मबहादुर चौधरीले यसअघि राजकुमार चौधरी दलको नेता भएको प्रचार गतल भएको बताए। उनले आफू नै संसदीय दलको नेता भएको प्रदेशसभाबाट प्रमाणित भएको समेत खुलाए ।

यसअघि साउन ७ गते संसदीय दलका नेता राजकुमार चौधरी भएको उल्लेख गर्दै समाचार बाहिर आएको थियो ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६