प्रदेश

चरित्र हत्या गर्ने विरुद्ध खनिए एमाले नेता पोख्रेल




कपिलवस्तु, ११ साउन ।
नेकपा (एमाले) कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष एवम् एमाले नेता झविलाल पोख्रेलले सामाजिक संजाल मार्फत चरित्र हत्या गर्नेहरुका विरुद्ध आक्रोस ब्यक्त गर्दै त्यसको डटेर सामना गर्ने धारणा राख्नु भयो । एमाले भित्र कडा स्वभावका नेताका रुपमा हेरिने पोख्रेलले नियोजित रुपमा केही समय यता एमाले नेता, कार्यकर्ता, जनप्रतिनिधी प्रति लक्षित गर्दै सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने काम भएको जिकिर गर्दै त्यस्ता कार्य प्रति पार्टी चुप लागेर बस्न नहुने धारणा राख्नु भयो ।

नेता पोख्रेलले सामाजिक ंसंजाल मार्फत अफावा फैलाउने विरुद्ध एक जुट पनि पार्टी कार्यकर्तालाई आग्रह गर्दै त्यसका विरुद्ध आफुहरु टुल टुल हेरेर सधै बस्न नसक्ने बताउदै त्यस्ता गतिविधीका विरुद्ध तत्काल कानूनी उपचार खोज्न पार्टी नेतृत्वलाई सुझाव दिनु भयो । एमाले नेता झविलाल पोख्रेलले एमाले बाणगंगा नगर कमिटीको विहिबार ४ नं. मा सम्पन्न सचिवालय वैठकमा यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६