ब्रेकिंग न्युज

लुम्बिनीका मुख्यमन्त्रीले आफ्नो सुरक्षा स्कटिङ्गमा रोक लगाए



रूपन्देही १२ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।सूचनामा ‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फूल, माला, टीका, खादा लगायतका सामग्री नल्याई पाल्नुहुन हार्दिक अनुरोध छ’, उल्लेख छ ।
शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गर्न लगाएका थिए । ‘शुभकामना, बधाई लिँदा खादा, माला लगाउने परम्परा राम्रो भएन’, उनले भने, ‘मैले नै नलगाउने भनेर सूचना निकाल्न लगाएँ ।’
यस्तै, नवनियुक्त मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कटिङ्गलाई घटाएका छन् । आफूसँग रहेका टोलीबाहेक जिल्ला तहमा पुग्दा त्यहाँबाट गरिने स्कटिङ्गलाई रोकिएको उनले बताएका छन् ।

प्रकाशित : १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६