खेलकुद

पेरिस ओलम्पिकमा नेपालका प्रिन्स र स्यान्टुको खेल आज




साउन १२ । पेरिक ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आज खेल्दैछन् । यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा आज बेलुका हुनेछ । प्रिन्सले समूह चरणमा भिक्टर एक्सल्सनसँग खेल्ने छन् । १९ वर्षका प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुन्

त्यस्तै टेबल टेनिसका स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन् । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागी छन् । जसमा स्यान्टु र प्रिन्ससहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् ।

३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको गएराति भब्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु र जुडोकी मनिताले संयुक्त रूपमा बोकेका थिए । पेरिस ओलम्पिक यहि साउन २७ गतेसम्म चल्नेछ ।

प्रकाशित : १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६