प्रदेश

रेग्मी परिवारलाई बाणगंगा राइडर्सले गर्‍यो आर्थिक सहयोग



जितपुर, १२ साउन। ब्रेन ट्यूमर भई उपचारको क्रममा निधन भएका टंक प्रसाद रेग्मीको परिवारलाई बाणगंगा राइडर्स क्लवले आर्थिक सहयोग गरेको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुर निवासी रेग्मीको गत श्रावण ४ गते ४८ बर्षको उमेरमा निधन भएकोमा नवौँ दिनको पुण्यतिथिको अवसर पारेर किरिया खर्चस्वरुप क्लवले १९ हजार बढी रुपैयाँ सहयोग गरेको हो ।

क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटा र वडा नम्बर २ का वडाअध्यक्ष विष्णु प्रसाद पौडेलले स्वर्गीय रेग्मीका बुबालाई चेक हस्तान्तरण गरेका थिए । सहयोगको लागि टोली एकाविहानै साइकल चलाउँदै रेग्मीको निवासमा पुगेको थियो ।

सोही अवसरमा रेग्मीको तस्वीरमा टिका र पुष्प अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो भने उनको स्मरणमा १ मिनट मौन धारण पनि भएको थियो ।

शोक सभामा सहभागि भएका वडाअध्यक्ष पौडेल र क्लवका चन्द्रकान्त न्यौपानेले रेग्मीको जीवन र सामाजिक योगदानबारे स्मरण गराएका थिए । पौडेल र न्यौपानेद्धयले रेग्मी रेग्मीको निधनले समाजको एउटा सुयोग्य सुपात्र गुमाएको धारणा राखेका थिए ।

वडा अध्यक्ष पौडेलले रेग्मीको परिवारलाई सानै भए पनि सहयोग गरेर क्लवले ठुलै गुन लगाएको भन्दै प्रसंसा गरे । सहयोग सानो ठुलो जे भए पनि रेग्मी परिवारसंग क्लवजस्तो सिंगो समाज रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै क्लवका अध्यक्ष सपकोटाले सबैबाट थोरैथेरै सहयोग जुटाएर रेग्मी परिवारलाई ढाढस दिइएको बताए । स्वर्गीय रेग्मीका सुपुत्र विशाल रेग्मी क्लवसंग आवद्ध रहेकाले विशालको आजिवन सदस्यता बराबरको ६ हजार बढी रुपैयाँ पनि क्लवले बहन गर्दै उक्त रकमसहित १९ हजार बढी रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले जानकारी गराए ।

क्लवका सचिव रामचन्द्र बेलबासेको संचालनमा सम्पन्न कार्यक्रममा राजपुरका समाजसेवी, क्लवका सदस्य लगायत गरी ४० जना बढीको सहभागिता थियो ।

स्वर्गीय रेग्मीका आमाबुबा, श्रीमती र छोराछोरी छन् । ब्रेन ट्यूमरजस्तो प्राणघातक रोगको विगत ५ बर्षदेखि निरन्तर उपचारपछि उनको निधन भएको थियो । उपचारको क्रममा रेग्मीको परिवारको जायजेथा सक्किएर आर्थिक समस्या थपिएकोले सबैलाई सहयोग गर्न क्लवले अपिल गरेको छ । क्लवले स्वस्थ बन्न साइकल चलाऔँ भन्ने अभियानसहित बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।

प्रकाशित : १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६