देश

पार्टीले गरेको राम्रा र नराम्रा कामको जिम्मेवारी सबैले लिनुपर्छः माओवादी केन्द्र



काठमाडौँ, १३ साउन। नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अहिलेको परिस्थिति निकै जटिल र पेचिलो भएको नेताहरूले निष्कर्ष निकालेका छन् । तेस्रो दिन आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणको विषयमा पाँचजना नेताहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘वर्तमान परिस्थितिबारेमा समग्रमै छलफल भएको छ । परिस्थिति अहिले निकै जटिल र पेचिलो छ । जनतामा गएर वर्गसितको ठूलो रूपान्तरणको प्रक्रियामा छौँ । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुरा सामूहिक रूपमा लिनुपर्छ । कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्छ । सामूहिक रूपमा लिनुपर्छ’, सापकोटाले भने ।

आजको बैठकमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,सचिवहरू गणेश साह,हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले धारणा राखेका थिए । बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने सापकोटाले जानकारी दिए ।

प्रकाशित : १३ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६