बुटवल १३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा उज्यालो तिलोत्तमा कार्यक्रम अन्तरगत सडक बत्ती जडानमा आर्थिक अनियमितता भएको कुरा सार्वजनिक भएको छ । वडाका जनप्रतिनिधि तथा टोल बिकास संस्थाका अध्यक्षहरु बीच नै मिलेमतो गरी बजार मुल्यभन्दा दोब्बर मुल्यको बिल भरपाई बनाई रकम अनियमतता गरेको भन्दै उपभोक्ताहरुले बिरोध गरेपछि घटना सार्वजनिक भएको हो ।
वडामा सडक बत्ती जडान गर्ने क्रममा वडाअध्यक्षले मनोमानी रुपमा निश्चित व्यक्तिलाई जिम्मा दिनुका साथै योजना फर्स्यौट गर्न गुपचुपमै समिति गठन गरिएको उपभोक्ताहरुको आरोप छ । योजना फर्स्यौट गर्नका लागि पेस गरिएको बिल भरपाईमा विद्युत सामग्रीहरुको मुल्य अस्वभाविक राखिएको पाइएपछि उपभोक्ताहरुले बिरोध गरेका थिए । उक्त विरोधपछि पहिले पेश गरिएको दर रेट परिवर्तन गरी भुक्तानीका लागि पुनः अर्को बिल भरपाई पेस गरिएको थियो ।
सडकमा जडान गर्न खरिद गरिएको ५० वाटको स्ट्रीट लाइटको मुल्य ३७९५ रुपैयाँ राखेर तयार पारिएको बिलमा उपभोक्ताले छानबिन गर्न थालेपछि परिमार्जन गरी २१०० रुपैया बनाइएको थियो । पूर्व वडा अध्यक्ष चेतनारायण भण्डारीका अनुसार २० वाट बल्बको मुल्य ५७५ राखिएकोमा उपभोक्ताको बिरोधपछि ४६५ कायम गरिएको थियो भने १८ वाटको बल्बको मुल्य ४३५ राखिएकोमा उपभोक्ताले छानबिन गरेपछि ३४० मा झारिएको थियो ।
उपभोक्ता समितिले बजार भाउभन्दा दोब्बर मुल्य राखी रकम भुक्तानीका लागि नगरपालिकामा बिलरभरपई पेश गरेको वडा अध्यक्ष रमेश डुम्रेले समेत स्वीकार गरे । मुल्य बढाएर राखिएको बिल भरपाई फिर्ता गरी पुनः अर्को मुल्य कायम गरी फर्स्यौटका लागि पेस गरिएको उनले बताए । यो विषय प्राविधिक विषय भएको बताउँदै उनले घटनामा आफ्नो भने कुनै संलग्नता नभएको दाबी गरे । यद्यपी वडा अध्यक्ष डुम्रेकै योजनामा प्रभात टोल बिकास संस्थाका अध्यक्ष यज्ञ भट्टराईलाई उपभोक्ता समितिको संयोजक बनाइएको पूर्व वडा अध्यक्ष चेतनारायण भण्डारीले बताए । भट्टराईको नेतृत्वमा ८र९ महिना पहिले नै सडक बत्ती जडान गरिए पनि नगरपालिकामा फर्स्यौट गर्ने बेला कागजी प्रक्रिया मिलाउन समिति गठन गरिएको उनको आरोप छ । वडा अध्यक्ष रमेश डुम्रेका अनुसार २०८१ वैशाख २८ गते समिति गठन गरिएको हो । जबकी उक्त समितिका संयोजक भट्टराईले २०८० को दशै तिहारमै लाइट जडान गरिएको भनेर प्रतिक्रिया दिएको स्थानीय उपभोक्ता तथा रास्वपा नगरसभापति रुषतम कंडेलले बताए । वडा जनप्रतिनिधिहरुले समेत त्यसअघि ९समिति गठन हुनुअघि० नै सडब बत्ती जडान गरिको भन्दै सामाजिक सञ्जालहरुमा फोटोरभिडियो सार्वजनिक गरेका थिए ।
दोषीलाई पत्ता नलगाई ढाकछोप गरिएको भन्दै विहिबार उपभोक्ताहरुले वडा कार्यालय घेराउ गरेपछि घटना थप छताछुल्ल भएको हो । उपभोक्ताहरुले कार्यालय घेराउ गरेपछि वडा अध्यक्ष डुम्रेले शुक्रबार सर्वदलीय बैठक बोलाए पनि अनियमिततामा मुख्य व्यक्ति मानिएका यज्ञ भट्टराई भने उपस्थित भएनन् । सो बैठकपछि वडा अध्यक्ष डुम्रेले छिट्टै अर्को बैठक बोलाएर आवश्यक छानबिन प्रक्रिया अघि बढाउने भनेपछि वडाबासीहरु फर्किएका थिए ।
वडामा उज्यालो तिलोत्तमा कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८०र८१ का लागि नगरपालिकाबाट ४ लाख ३८ हजार रकम बिनियोजन गरिएको थियो । उक्त रकमबाट वडाका ८ वटा टोल बिकास संस्थाहरु मध्ये प्रभात टोल, लुम्बिनी एफ।एम टोल, हरियाली, सरस्वती र शिवालय टोलमा ५० वाटका ६र६ वटा लाइट जडान गरिएको छ । यसैगरी सोही क्षमताका लाइट ५र५ वटाका दरले स्वर्गद्वारी, विद्यापिठ र शान्ती नमुना टोलमा जडान गरिएको छ । यसैगरी २० वाट क्षमताका लाइटहरु प्रभातमा ३१ वटा, लुम्बिनी एफएम टोलमा २, शान्ती नमुनामा २५, विद्यापिठमा १५, हरियालीमा १९, सरस्वतीमा २२, स्वर्गद्वारीमा १८ तथा शिवालयमा ३६ वटा जडान गरिएको छ ।
वडा अध्यक्ष डुम्रेले सुरुमा आर्थिक अनियमितता देखिएको भएपनि उक्त कुरालाई सुधार गरिएको बताउँछन् । यद्यपी स्वयम् उनकै भनाईबाट भने योजना कार्यन्वयनको सुरुवातदेखिनै अनियमितताको क्रम सुरु भएको देखिन्छ । उनका अनुसार उपभोक्ता समितिले सामग्री खरिदका लागि प्राप्त भएको ३ वटा कोटेशनबाट सप्लायर्स कम्पनी छनोट गरेको थियो । कोटेशन मागका लागि वडा तथा नगरपालिकाले कुनै सार्वजनिक सूचना जारी नगरेपनि पप्लायर्स कम्पनीहरुलेनै नगरपालिकामा कोटेशन पठाएपछि सोही अनुसार कम्पनी छनोट गरिएको वडाध्यक्ष डुम्रेले बताए । प्राप्त कोटेशन मध्ये सबैभन्दा कम दर भाउ रहेको सप्लायर्स कम्पनीलाई नै छनोट गरेर सामान खरिद गरिएको उनको भनाई छ । यसरी आफू खुसी आएका सप्लायर्स कम्पनी छनोट गरी सामान गरिद गरिनु, सबैभन्दा कम दर उल्लेख गरिएको सप्लायर्स कम्पनीको मुल्यनै वर्तमान बजार मुल्यभन्दा दोब्बर हुनुले उपभोक्ता समिति र जनप्रतिनिधिको नियतमाथि प्रश्न उठेको स्थानीय उपभोक्ता नरेश भण्डारीले बताए । सप्लायर्स कम्पनीले पेश गरेको भनिएका कुनै पनि कोटेशस निवेदनमा मिति तथा चलानी नम्बर भने उल्लेख गरिएको छैन । यसरी चलानी नम्बर तथा मिति नै नभएको निवेदनलाई आधिकारिक बनाउन खोज्नुले नगरपालिकाका प्राविधिक, वडाका जनप्रतिनिधि तथा उपभोक्ता समितिका संयोजकमाथि प्रश्न उब्जिएको भण्डारीले बताए ।
कोटेशन पठाउने कम्पनीहरु दुर्गा कालीका सप्लायर्स, तिलोत्तमा(५, गैह्रे ब्रदर्स सप्लायर्स, बुटवल–९ र रेग्मी ईलेक्ट्रिक एण्ड जनरल सप्लायर्स तिलोत्तमा–५ रहेका छन् । जसमध्ये सबैभन्दा कम दररेट भनिएको गैह्रे ब्रदर्स सप्लायर्सबाट सामान गरिद गरिएको वडा अध्यक्ष डुम्रेले जानकारी दिए । उपभोक्ता समिति संयोजक यज्ञ भट्टराईसँग घटना बारे बुझ्न पटक–पटक कोशिस गरेपनि फोन सम्पर्क हुन सकेन ।








प्रतिक्रिया