प्रदेश

देउवाको सिफारिसमा रोल्पाका कृष्णबहादुर घर्ती लुम्बिनी प्रदेशको प्रदेश प्रमुख



कपिलवस्तु, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएका छन् ।

रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए ।
रोल्पा कांग्रेस सभापति किशोर आचार्यका अनुसार घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बसेका छन् ।

उनका अनुसार ६५ वर्षीय घर्तीले ५० सालदेखि नै उनले यसलाई नियमित चलाइरहेका छन् । दुई श्रीमती र ७ जना छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ ।

२०१६ माघ १० गते जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएर जिविस सभापतिमा लडे पनि झक्कुप्रसाद सुवेदीसँग हारेका थिए ।

२०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए घर्ती । २०४८ देखी २०७२ सम्म महासमिति सदस्य रहेका उनी २०५९ देखि २०७२ प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६