प्रदेश

कपिलवस्तु उधोग वाणिज्य सघंः कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



कपिलवस्तु, १५ साउन ।
कपिलवस्तुको चारनम्बरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कपिलवस्तु उधोग वाणिज्य सघंको आयोजना र आन्तरीक राजस्व कार्यालय कृष्णनगर, घरेलु तथा साना उधोग कार्यालय तौलिहवाको सहजिकरणमा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख कर अधिकृत आन्तरिक कार्यलय कृष्ण नगरका प्रमुख उद्धबराज न्यौपानेले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु गर्दै आएको बताउदै उहाँले सम्पूर्ण नागरिक करको दायरामा आउनुपर्ने बताउनु भयो ।

उहाँले व्यवसायीहरुले व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तव्य भएको बताउदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमा भन्दा दायरा बृद्धि गर्न जोडदिनुपर्ने उनको भनाइ थियो ।

वाणगंगा नगरपालिकाका राजस्व शाखाका प्रमुख मदन घिमिरले नगरले गर्ने करको विषय र नविकरणको विषयमा बताउनु भएको थियो । पालिकाले उद्योग व्यापारी व्यवसायको हित अनुसार करका दायरा ल्याएको बताउर्दै सबैलाई राज्यको निति नियम अनुसार व्यवसाय सञ्चालनगर्न आग्रह गर्नु भयो ।

कार्यक्रमा आन्तरिक कार्यलय कृष्ण नगरका कर अधिकृत महेन्द्र पुरीले सहजीकरण गर्दै आर्थिक विधेक २०८१ म भएका छुट,सहुलियत तथा विभिन्न संसोधन सम्बन्धि जानकारी गराउनु भएको थियो । साथै उहाँले कर नविकरण, मुल्य अभिबृद्धि कर विवरण,करदाताको छुट लगायतको बारेमा जानकारी गराउनु भएको थियो । समयमा दर्ता गर्न सकियो भने छुटको व्यवस्था समेत रहेको बताउनुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले करकै कारण कयौँ व्यवसायीहरु झमेलामा परिरहेकोले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । त्यस्तै उहाँले डे.वान र डे.टु का व्यवसायीहरुका लागि उद्योेग वाणिज्य संघ बाटै कर तिर्न सकिने बताउनुभयो ।

कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय तौलिहवाका वाणिज्य शाखा प्रमुख श्रवण कुमार शैनी, ईलाका प्रशासन कार्यलय वाणगंगाका कार्यलय प्रमुख भेषराज पन्थ, कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे लगायतले बोल्दै कर दर्ता, पुजि बुद्धि घरेलु नविकरण, दर्ता जरिवाना प्रक्रिया लगायतको बारेमा बताउनु भएको थियो ।

कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षता, बरिस्ठ उपाध्यक्षय हुमनाथ पौडेलको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६