दाङ १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समृद्धि र विकासका लागि राजनीतिक दलहरु मात्र नभएर सञ्चार संगठनहरु पनि गोलबद्ध हुनुपर्ने बताएका छन् ।दाङमा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल ६ जना पत्रकारहरुलाई प्रेस चौतारीमा प्रवेश गराउँदै पूर्व सञ्चारमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले राजनीतिक स्थायित्वका लागि दुईध्रुबमा नेपालको राजनीति बाँड्ने अभियानमा आफूहरु रहेको बताउँदै सञ्चार क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन सञ्चार क्षेत्र पनि ध्रुबीकृत हुनुपर्ने बताए । प्रेस चौतारीले समग्र सक्रिय वामपन्थी पत्रकारहरुको अगुवाई र नेतृत्व गर्नुपर्ने धारणा राख्दै चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरुले सामाजिक रुपान्तरणका लागि योगदान पु¥याउनेमा आफु विश्वस्त रहेको उनको भनाइँ थियो ।
जिल्लामा स्वतन्त्ररुपमा पत्रकारिता गरिरहेका विपिनमणि आचार्य, अनुप आचार्य, सन्दिप भुसाल, मोहम्मद जैद फारुकी, दिवस देवकोटा, जाबेद अखतरलाई चौतारीमा स्वागत गर्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पोख्रेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनलगायतका नेताहरुले टिका, खादालगाएर चौतारीमा स्वागत गरेका थिए । चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरुलाई चौतारीको सदस्यता समेत सोही अबसरमा प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले चौतारीमा प्रवेश गर्नु भएका सञ्चारकर्मीहरुको क्षमता विकास सँगै उहाँहरुलाई सांगठनिक जिम्मेवारी पनि छिटै नै प्रदान गरिने जानकारी गराएका थिए । कार्यक्रम चौतारीका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षत्तामा भएको थियो भने सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।








प्रतिक्रिया