ब्रेकिंग न्युज

राजनिति गर्दागर्दै सम्पत्ति सकियो : शेरचन




बुटवल १६ साउन , लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले राजनीति गर्दा गर्दै सम्पत्ति सकिएको बताएका छन् । प्रदेश प्रमुखमा नेपाल सरकारले कृष्णबहादुर घर्तीमगरलाई चयन गरेपछि ३ बर्ष पछि प्रमुखबाट हट्दै गर्दा उनले आफुले राजनीति गर्दा गर्दै सम्पत्ति सकिएको बताएका हुन् ।उनले ३ बर्षमा धेरै कार्यक्रममा सहभागी भई जनताको मन जित्ने काममा जोड दिईएको बताउदै ३ बर्षको अवधिमा धेरैको सहयोग र सहकार्य रहेको बताएका हुन ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले संविधान संसोधन गर्ने लगायतका कुरा गर्नु आफैमा गलत भएको बताएका छन् ।उनले अहिलेको अवस्थामा संविधानको पालनामा यो पटक उल्लंघन भएको समेत बताएका छन् । उनले संविधानको अबमुल्यन भएको कारण ५ गते नै राजिनामा दिन तयार भएको बताएका थिए । बुटवलले संघीय संरचना र प्रदेशमा महत्वपुर्व भुमिका निर्वाह गरेको समेत बताएका छन

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६