प्रदेश

दाङमा बस र ट्रक एकआपसमा ठोक्किंदा १९ जना घाइते



दाङ, १६ साउन । दाङमा बस र ट्रक एकआपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस (आज) बुधबार बिहान पौने ९ बजेतिर एक आपसमा ठोक्किदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सीनाले जानकारी दिए । उनका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक चालक दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६