प्रदेश

बुद्धभूमिका एक सहित दुई फरार प्रतिवादी पक्राउ



कपिलवस्तु, १६ साउन। जिल्ला प्रहरी कार्यालय गुल्मीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ बस्ने ४९ वर्षीया बिन्दु दर्जी परियार र दाङको तुल्सिपुर उपमहानगरपालिका– ९ बस्ने ३३ वर्षीया खिमी कुमारी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार परियार गुल्मी जिल्ला अदालतको लगत नं. ३१९ भएको एक महिना १५ दिन कैद र नगद एक हजार पाँच सय रुपियाँ जरिवाना कसिएका जारी मुद्दामा फरार प्रतिवादी थिए । उनलाई मङ्गलबार पक्राउ गरी गुल्मी जिल्ला अदालतमा पेश गरिएको छ ।

बुढाथोकी बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका थिए । उनीविरुद्ध गुल्मीको मुसिकोट नगरपालिका– १ का पुरन घिमिरेले जाहेरी दिनुभएको थियो । ईलाका प्रहरी कार्यालय तुल्सिपुर दाङसँग समन्वयमा निजलाई फेला पारी अदालतबाट जारी भएको पक्राउ पुर्जी दिई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट म्याद थप गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६