अर्थ-वाणिज्य

राइडिङ शेयर गर्नेबाट बलात्कृत भएको भन्दै उजुरी




काठमाडौं १६साउन। बल्खु बस्ने १२ कक्षा पास एक युवतीले अफलाइनबाट राइडिङ शेयरिङ गर्नेबाट बलात्कृत भएको भन्दै उजुरी दिएकी छिन् । असार २१ गते राति १० बजे कलंकीबाट बल्खु जानको लागि एक स्कूटर चालकसँग लिफ्ट माग्दा होटल पुर्‍याएर बलात्कार गरेको आरोप छ ।राति १० बजे युवती कलंकीमा थिइन् । लामो समय ठूलो पानी परेर रोकिएको थियो । उनको अगाडि ०२(०२० प १८८६ नम्बरको स्कूटर आएर रोकियो ।
‘इन्ड्राइभ हो ? ’ युवतीले सोधिन् ।स्कूटर चालकले शुक्रराज चेपाङले भने, ‘हो, कहाँ जानुपर्ने ? ‘बल्खु जानुपर्ने कति पर्छ ? ’ युवतीले भाडा सोधिन् ।शुक्रराजले भने ‘मेरो साथी पनि छ, उँसँगै लगिदिउँला पैसा पर्दैन ।’शुक्रराजले पछाडि युवतीलाई राखे । त्यसपछि उनका साथी राजेन्द्र पाठक बसे । यात्रा त सुरु भयो, तर, बाटो फेरियो । स्कुटी बल्खु गएन, मोडियो थानकोटतिर ।युवती सशंकित हुँदै सोधिन्, ‘म त जाने बल्खु हो । किन यता ?‘उता ठूलो पानी परेको छ, यता अर्को बाटोबाट जाउँ’ भन्दै शुक्रराजले स्कूटर अगाडि बढाए ।‘कस्तो चुरोट खान मन लाग्यो, कतै पसल भए रोक्नु न’ युवतीले भनिन् ।‘राति भयो । पसल खुल्दैन । बरु नजिकै मैले चिनेको साथीको होटल छ । उतै जाउँ है ? शुक्रराजले विल्कपसहित होटल जाने अनुमति मागे ।‘हुन्छ नि त जाउँ’ युवतीले सहमति जनाइन् ।पछाडि रहेका राजेन्द्रले प्रस्ताव गरे, ‘मिल्छ भने उतै बसौँ आज । अहिले रात पनि भयो ।’‘बिहान ६ बजे नै मलाई कोठामा लगिदिनुपर्छ नि’ यवतीले सर्तसहित बस्ने प्रस्ताव स्वीकार गरिन् । केहीबेरमा उनीहरु चन्द्रागिरी ७ घुमाउनेस्थित ‘होलिडे रुफटप रेस्टुरेन्ट’मा पुगे । ६ नम्बर कोठामा तीनैजना बसे । त्यहाँ गएपछि सुरुमा स्कूटरको पछाडि बसेका राजेन्द्रले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । त्यसपछि स्कूटर चालक शुक्रराजले बलात्कार गर्न आएको र आफू भागेको उनले बताएकी छिन् ।
युवतीले ती दुवै युवासहित होटलका कर्मचारी अनिल भुसाललाई समेत कानूनबमोजिम कारबाही गर्न माग गरेकी छिन् । पीडितले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ अनुसन्धान सुरु गरेको जनाइएको छ ।युवाहरूले भने युवतीको सहमतिमै होटलमा गएको र राजेन्द्र र शुक्रराजबीच झगडा भएपछि बलात्कार मुद्दा हालेको आरोप लगाएका छन् ।उनीहरूका अनुसार सुरुमा राजेन्द्र र युवतीबीच शारीरिक सम्बन्ध हुँदा शुक्रराज मोबाइल चलाउँदै थिए । त्यो बेलामा शुक्रराजले दुवैको भिडिओ खिचेको भन्दै युवतीले मोबाइल खोसेकी थिइन् ।यो बीचमा विवाद हुँदा युवतीले शुक्रराजलाई झापड हानेकी थिइन् । झापड हानेपछि युवतीलाई पनि झापड फर्काएका थिए ।त्यसपछि युवतीले ‘केटी मान्छेलाई हात हाल्ने’ भन्दै झगडा गरेकी थिइन् । त्यही विषयमा विवाद भएपछि युवतीले मुद्दा हालेको पक्राउ परेकाहरूको बयान छ ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६