अर्थ-वाणिज्य

एआईजी श्याम ज्ञवालीमाथि के छानबिन किन हुन लगेको हो ?




काठमाडौँ १९ साउन। प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० श्यामलाल ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । उनी ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको मुख्य युनिट केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ को प्रमुख हुन् । उनकै ब्याचमेट एआईजी टेकप्रसाद राईले छानबिनको संयोजन गरेका छन् ।
तर, आईजीपी वसन्त कुँवरले उनीमाथि पूर्वाग्रह राखेर छानबिन थालेको भनेर प्रश्न पनि उठाइएको छ । कुँवर र ज्ञवाली पनि एउटै ब्याचका हुन् । आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका ज्ञवालीले यसअघिका गृहमन्त्री रवि लामिछानेसँग मिलेर ‘समानान्तर हेडक्वार्टर’ चलाएको आईजीपीनिकट अधिकारीहरू आरोप लगाउँछन् ।
तर, कुँवरले उनको छानबिन ‘तालुक कार्यालयबाट आएका पत्रको आधारमा’ भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा कुँवरले भने, ‘तालुक तहका कार्यालयबाट आएको निवेदनका आधारमा ज्ञवालीमाथि छानबिन भइरहेको छ ।’ तालुक कार्यालय भनेर आईजीपीले गृह मन्त्रालयलाई भन्न खोजेका हुन् ।
आईजीपीको सचिवालयका एकजना उच्च अधिकृतका अनुसार २०८० चैतमा ज्ञवाली र ६० किलो सुनमा जोडिएका जीवन चलाउनेसँग ‘सम्पर्क’ देखिएको विषयमा छानबिन गर्न मन्त्रालयले पत्र पठाएको थियो । ज्ञवाली चैत २ मा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रमुख भएका हुन् ।
ज्ञवालीविरुद्ध तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पदाधिकारीहरुसँग ‘मिलेमतो’ गरेको पनि आरोप छ । जेठ २८ मा सीआईबीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष सहित ९ जना पदाधिकारीलाई नियन्त्रणमा लिएको थियो ।
६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् । उनीसँग फोन सम्पर्क भएको ‘सीडीआर रेकर्ड’ प्रहरी अधिकारीहरूले नै बाहिर ल्याएका हुन् ।

चलाउने तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई बोलाएर ब्यूरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरेका थिए । चलाउनेविरुद्ध दोस्रो चरणको अनुसन्धानको नेतृत्व गरेका ज्ञवाली आफैँ अहिले छानबिनमा तानिएका हुन ।

मिलेमतोको आरोप

ज्ञवालीविरुद्ध तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पदाधिकारीहरुसँग ‘मिलेमतो’ गरेको पनि आरोप छ । जेठ २८ मा सीआईबीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष सहित ९ जना पदाधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तत्कालीन बैंक सञ्चालक समितिका सदस्यहरू सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र क्याड सेक्सन प्रमुख शिव गोपाल रिसाल तारेखमा रिहा भएका थिए । रिहा गर्नुअघि ज्ञवालीले उनीहरूसँग ‘अनुचित लेनदेन’ गरेको आरोप छ ।

त्यसबारे गृह मन्त्रालयबाट छानबिन गर्न लिखित निर्देशन आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । उनले भने, ‘मिलेमतोमा छाडेको भन्ने उजुरी मन्त्रालयमा परेको रहेछ, त्यसबारे छानबिन गर्न ताकेता आएपछि समिति बनाउनुपर्ने अवस्था आएको हो ।’

सेन्चुरी बैंकका पदाधिकारीहरू र बैंकका कर्मचारीहरूसँग मिलेर काभ्रे घर भएका रवीन्द्र चौलागाईं र निजको पारिवारिक कम्पनीहरूमा धितोले खाम्ने रकम भन्दा अत्यधिक ऋण प्रवाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ऋण लिने चौलागाईं देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष हुन् । सहकारीको रकम अपचलन गरेको आरोपमा उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । २०७७ देखि उनले पटक पटक गरेर सो बैंकबाट ऋण लिएका हुन् ।

सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा तत्कालीन सीआईबीकी एआईजी किरण बज्राचार्यको त्रुटि औँल्याएपछि मन्त्रिपरिषद्ले उनलाई हटाएर ज्ञवालीलाई पठाइएको थियो । आयोगको सिफारिस अनुसार ब्यूरोले ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
चौलागाईं र उनको परिवारको स्वामित्वमा रहेको पूजा ट्रेडिङ्ग एण्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिलाई तत्कालीन सीईओ मनोज न्यौपाने र तुल्सीराम गौतम समेतले ऋण प्रवाह गरेका हुन् ।

ती कम्पनीहरूको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको देखाउन आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र बनाएर २ अर्ब ३० करोड ऋण दिएको भेटिएको छ ।

तत्कालीन सीईओ मनोज न्यौपाने सहित १० जना २०८० फागुन १४ मा पक्राउ परेका थिए । उनीहरूलाई पनि ब्यूरोले १७ दिनपछि तारेखमा थुनामुक्त गरेको थियो । बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ सहित ९ जना दोस्रो चरणमा पक्राउ परेर छुटेका हुन् ।

सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा तत्कालीन सीआईबीकी एआईजी किरण बज्राचार्यको त्रुटि औँल्याएपछि मन्त्रिपरिषद्ले उनलाई हटाएर ज्ञवालीलाई पठाइएको थियो । आयोगको सिफारिस अनुसार ब्यूरोले ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे दोस्रा चरणको अनुसन्धान अझै टुङ्गोमा पुगेको छैन ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६