प्रदेश

एमाले नेता पोख्रेललाई केन्द्रीय निर्वाचन समिति सदस्यको जिम्मेवारी



कपिलवस्तु, १८ साउन । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले कपिलवस्तुका नेता झविलाल पोख्रेललाई केन्द्रीय निर्वाचन समिति सदस्य र अकवाल अहमद शाहलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको छ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकले यी दुई नेताहरूलाई महत्वपूर्ण पदमा नियुक्त गर्ने निर्णय गरेको हो। झविलाल पोख्रेल र अकवाल अहमद शाहको नियुक्तिले एमाले कपिलवस्तु थप उचाइमा पुगेको एमाले नेताहरूले बताएका छन ।

यो नियुक्तिले कपिलवस्तु जिल्लाको राजनीतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

झविलाल पोख्रेल नेकपा एमाले कपिलवस्तुका पुर्व अध्यक्ष हुन भने अकवाल अहमद शाह तत्कालीन मधेसबादी दलबाट कृषि मन्त्री समेत भैसकेका छन ।

दुवै जना लामो समयदेखि पार्टीमा सक्रिय योगदान गरिरहेका नेताहरू हुन्।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवसरमा भन्नु भयो, “पार्टीका यी दुई समर्पित नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएका छौं, पार्टी अझ बलियो हुँदै जानेछ।”

नेकपा एमाले केन्द्रीय समितिले आफ्नो निर्णयमा पार्टीका सदस्यहरूलाई धन्यवाद दिँदै थप समर्पण र क्रियाशीलताको अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६