प्रदेश

लुम्बिनीमा सात वर्षको अवधिमा चार प्रदेश प्रमुख



कपिलवस्तु, १८ साउन । सङ्घीयता कार्यान्वयन यता ७ वर्षमा लुम्बिनी प्रदेशले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेर्ने प्रचलन बढेको हो ।

२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमाकान्त झालाई प्रमुख बनाएर पठाएको थियो । २०७६ कात्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएर पठायो ।

त्यसपछि फेरि देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएर पठायो । साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।

रोल्पा जिल्ला निवासी घर्ती मगरले शुक्रबार बुटवलमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले संविधानले ५ वर्षे कार्यकाल निर्धारण गरे पनि सरकारले प्रदेश प्रमुखहरू विनाकारण फेर्ने गरेको भन्दै यो परम्परा गलत भएको टिप्पणी गरे ।

पारदर्शी सरोकारकार केन्द्र बुटवलका पूर्वअध्यक्ष एवं अधिवक्ता महेन्द्र पाण्डेयले केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख फेर्दा सङ्घीयतामाथि नै नकारात्मक सन्देश जाने बताए ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६