देश

अनेमसंघद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न



कठमाण्डौँ श्रावण १६ गते । सामुदायिक वन दिवस मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अखिल नेपाल महिला संघले त्रिभुवन विश्वविद्यालय कीर्तिपरको केन्द्रीय पुस्तकालय परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पूर्व गण्डकी प्रदेश प्रमुख सिता पौडेल, अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, प्रतिनिधि सभा सदस्य विजुला रायमाझी, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियनका सचिव सिद्धान्त भट्ट, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव पार्वता गौतमका साथै त्रि. वि. का प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुका उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम अखिल नेपाल महिला संघको कृषि, वन तथा वातावरण विभागले आयाजना गरेको हो । कार्यक्रममा वृक्षारोपण, वन तथा वातावरणको महत्वको बारेमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव पार्वता गौतम र अनेमसंघका केन्दीय अध्यक्ष टुका हमालले सविस्तार व्याख्या गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृषि, वन तथा वातावरण विभागका प्रमुख मथुरा खनालले गर्नुभएको थियो ।अखिल नेपाल महिला संघ कृषि, वन तथा वातावरण विभागले कीर्तिपुर नगरपालिका क्षेत्रका पार्टी कार्यकर्ता, विद्यार्थी, विश्वविद्यालय प्रशासन तथा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित : १९ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६