बुटवल १९ साउन । लुम्बिनीमा एमालेका मन्त्रीलाई बढी जनसरोकारका मन्त्रालय पाएका छन । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजनमा यस्तो भएको हो । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो । जस अनुसार एमालेका भूमिश्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी,खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । ।
१९ श्रावण २०८१, शनिबार
प्रतिक्रिया