प्रदेश

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर




कपिलवस्तु, २० साउन । स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा करिब ४५० जना बिरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोग लगायतको रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रस्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यस शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरूको जाँच गराएका बिरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचारसमेत गर्ने ट्रस्ट का अध्यक्ष गोयलले बताए ।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६