प्रदेश

नवलपरासीमा ३३ लाख बराबरका अवैध मोबाइल बरामद




बुटवल, २० साउन । सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा ३३ लाख बराबरको मोबाइल बरामद गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले आज ८८ थान मोबाइल बरामद गरेको हो ।

भारतीय मोटरसाइकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए ।

बरामद गरिएका मोबाइलमा ४० थान आईफोन र ४८ थान पोको नामक ब्रान्डका रहेका छन् । बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ । बरामद मोबाइल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ । कारोबारमा संलग्न व्यक्ति भने गस्ती टोलीले घेरा हाल्ने सङ्केत पाएपछि झोलासहितको मोटरसाइकल छाडेर भागेका छन् ।

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६