अर्थ-वाणिज्य

प्युठानमा दुई जनामा हैजा भेटियो



प्युठान २१ साउन । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको उनले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
३५ वर्षको पुरुष भखरै भारतबाट फर्किएका हुन् । घरका अन्य व्यक्तिमा पनि झाडापखला लगायतका लक्षण देखिएको छ,’ गुप्ताले भने, ‘संक्रमणको स्रोत पहिचान गर्न पानीको नमुना संकलन ल्याएका छौं ।’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ललितपुरको गोदावरी, ग्वार्को इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौँको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६