खोज–अनुसन्धान

प्राधिकरणमा नयाँ नियुक्ति, पूर्वसचिव कार्की र पूर्वसहसचिव गुरुङ बोर्ड सदस्य



काठमाडौं २१ साउन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा दुई सदस्यलाई लिखित स्पष्टीकरण माग गर्दै हटाइएको ठाउँमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार नै प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको थियो ।ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ । कार्की पूर्वउर्जा तथा भौतिक सचिव हुन् । गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका सीईओ थिए ।
बिजुली बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका प्राधिकरणका सञ्चालक समिति सदस्यलाई हटाइयो मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार नै प्राधिकरणको सञ्चालक समिति सदस्यबाट हटाइएका पुन र आचार्यलाई भने कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबारको बैठकमा बोलाएका छन् ।मन्त्रीले हटाएका सञ्चालक समिति सदस्यलाई कुलमानले बोलाए बैठकमा

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६