प्रदेश

लुम्बिनी विकास कोष र सांस्कृतिक नगरपालिका जनप्रतिनिधिबिच छलफल



बुटवल, २१ साउन । बुद्ध जन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । आइतबार कोषका पदाधिकारीले नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुहरूसहितको उपस्थितिमा छलफल गरेको हो ।

छलफलमा बुद्ध जन्मस्थल लुम्बिनी पुरातात्त्विक, धार्मिक र सांस्कृतिकले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबिच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाहरूको साथ र सहयोग आवश्यक हुने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरूले लुम्बिनीलाई शान्ति स्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध जन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति रहेको बताउँदै कोष र स्थानीय सरकारबिच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् । उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयहरूको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँको विषयमा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उस्तै विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहेपनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरूले गुनासो गरेकोमा दुःख व्यक्त गरेका थिए ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६