प्रदेश

चार वर्षपछि गाउँमा खानेपानी



घोराही, २१ साउन। दाङको बगलाचुली गाउँपालिका–६, ठुलो बचेनी गाउँ भौगोलिक रूपमा विकट क्षेत्र हो । पहाडी क्षेत्र भएकाले सडक, विद्युत्, खानेपानीलगायतका आधारभूत कुराको पनि ठुलो समस्या छ ।

विशेष गरी खानेपानीको समस्या समाधान गर्ने गरी २०७३/७४ सालमा गाउँमा खानेपानीको योजना परेको थियो । खानेपानी डिभिजन कार्यालय र स्थानीयको लागत सहभागितामा करिब ३९ लाख खर्च गरेर खानेपानी आयोजना हाल निर्माण भएको थियो । गाउँमा नजिकैको खोलामा रहेको कुवाबाट सोलारका माध्यमबाट करिब एक किलोमिटर अग्लो ठाउँमा लगेर खानेपानी वितरण गरिएको थियो । गाउँमा खानेपानी सुविधा भएपछि यहाँका बासिन्दामा खुसी छाएको थियो ।

तर खानेपानीको सुविधा तीन वर्षभन्दा बढी चल्न सकेन । आयोजना नचलेको यहाँ खानेपानीको फेरि पीडा सुरु भयो । चार वर्षसम्म यो पीडा सहेका यहाँका बासिन्दाले फेरि खानेपानीको सुविधा पाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेवती बुढाले बताउनुभयो । हाल सो आयोजना मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।

खानेपानी योजना पुनः सञ्चालनमा आएपछि सहजता भएको भन्दै अध्यक्ष बुढाले भन्नुभयो, “वर्षौपछि गाउँमा आएको खानेपानी योजना बिग्रेर बन्द हुँदा स्थानीयले पानीका लागि धेरै दुःख झेल्नु परेको थियो । बल्ल यो समस्या हटेको छ ।”

घोराही–मुर्कुटी सडकखण्ड विस्तारका क्रममा जथाभाबी रूपमा जमिन खन्दा खानेपानी आयोजना बन्द भएको थियो तर अहिले सञ्चालनमा आउँदा खुसी लागेको छ । चार वर्षदेखि बन्द रहेको खानेपानी आयोजना सञ्चालनका लागि करिब दुई लाख ५० हजार रुपियाँ खर्च भएको बगलाचुली गाउँपालिका–६ का वडा सदस्य हिमाल महरा बताउनुहुन्छ । उहाँका अनुसार खानेपानीको ट्याङ्की मर्मत, नयाँ पाइप विस्तार र विद्युत् जडानलगायतका काम गरिएको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६