देश

माओवादीले माग्यो लेखा समिति सभापति



काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिन आग्रह गरेको छ ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समिति विपक्षीलाइ दिइनुपर्ने बताएका हुन् । ‘यो सरकार नैतिक हो, पारदर्शी काम गर्छ भने सार्वजनिक लेखा समितिको सभापति तत्काल विपक्षलाई दिइयोस् ।’ लेखा समितिको सभापति ऋषिकेश पोखरेल छन् । उनी सरकारको नेतृत्वकर्ता दल एमाले सांसद हुन् ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६