प्रदेश

नगरपालिका घोषणा भएको करिब १० वर्ष पछि पिपरामा पोष्टमार्टम सेवा सुरु



हरि घिमिरे, २१ साउन ।
बाणगङ्गा नगरपालिकाको पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिका घोषणा भएको करिब १० वर्ष पछि पिपरामा पोष्टमार्टम सेवा सुरु भएको हो । सोमवार अस्पताललेले पहिलो केसको रूपमा वाणगङ्गा नगरपालिका वडा नं. ९ जिनुवाका ७३ वर्षका पुरुषको पोष्टमार्टम गरेको अस्पतालले जनाएको छ । शवलाई अस्पतालका चिकित्सकहरू डा. गणेश क्षेत्री, डा. सुदीप पौडेल लगायतको टोलीले पोष्टमोर्टम गरी सेवा थालनी गरिएको हो ।

पोष्टमार्टम सेवाले बाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका, रूपन्देहीको सैनामैन तथा कञ्चन गाउँपालिकाका स्थानीय नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । यसअघि शव परीक्षण सेवाका लागि बाणगंगाका नागरिक जिल्ला अस्पताल तौलिहवा अथवा ३५ किलोमिटर टाढा रहेको बुटवल सम्म पुग्नु पर्ने र मृतकका शोकाकुल परिवारले थप झन्झट र समस्या बेहोर्नु परेको थियो । पिपरा अस्पतालमा पोष्टमार्टम सेवा थपिएपछि अव शव बोकेर अन्त जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसोत अस्पतालमा शवलाई दुई तिन दिन राख्नु परेमा त्यस्तो सुविधा नरहेको अस्पतालका चिकित्सक डा. गणेश क्षेत्रीले बताए । यसैबीच अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयबाट करिव ३५ लाख वरावरको स्वास्थ्य मेसेनरी औजार पनि प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार महिला रोग विशेषज्ञ सहितको सेवा ‘ऋभ्इल्ऋ’ को सेवाको लागि सरकारबाट ३४ लाख बजेट पनि प्राप्त भएको छ । नगरप्रमुख अर्यालको पहलबाट उक्त सेवा सामाग्री प्राप्त भएको पौडेलले बताए ।

पिपरा अस्पतालले आगामी दिनमा अप्रेसन कक्षको स्थापना, थाइराइड परीक्षणका लागि अत्याधुनिक मेसिन खरिद गर्ने, मातृ र शिशु स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले ऋभ्इल्ऋ साइटको रूपमा अस्पताललाई स्तरोन्नति गर्ने, फार्मेसी सेवा चौबीसै घण्टा ल्याब र एक्स रे सेवा उपलब्ध गराउने जर्मको गरेको छ । यस्तै दन्त रोग विभाग र फिजियोथेरापी सेवा तथा अस्पतालबाट नै विशेषज्ञ सेवा प्रदान गरिने जनाईएको छ । 

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६