ब्रेकिंग न्युज

बुटवलको बजारमा खान अयोग्य दुध विक्रि वितरण



बुटवल २१ साउन ।सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत , एसएनएफ ८, गाईको दुधमा ३।५ प्रतिशत फ्याट , एसएनएफ। ७ र मिक्स दुधमा ३।५ प्रतिशत फ्याट एस।एन।एफ।को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १।८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ । बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो ।

अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्र्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिए । दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको उनले जानकारी दिए। दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगर पालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ ।

बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी ब्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाईए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाईए तत्काल कारबाही गरिने उनले बताइन् । उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिइन् ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६