अन्तर्राष्ट्रिय

जिउधनको सुरक्षा माग्दै प्रहरी नै उत्रिए अनिश्चित कालीन हड्तालमा



कपिलवस्तु २२ साउन । देशको अवस्था अशान्त र असुरक्षित बनिरहेका बेला बंगलादेशका प्रहरीहरु नै अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । शेख हसिना राजीनामा दिंदै देश छोडेर भारत हिंडेको भोलिपल्ट आज ९मंगलबार० बाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल शुरु गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको अबबारले उल्लेख गरेको छ । देशभरका ४५० प्रहरी पोस्ट जलाइएको, धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीलाई शेख हसिनाले देश छोडेपछि पहिलो प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।

प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालना मात्रै गरेको संगठनले बताएको छ । ढाका ट्रिब्युनसँग बोलेका एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्, यो सत्य हो । यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन ।’

प्रकाशित : २२ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६