अन्तर्राष्ट्रिय

शेख हसिनालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग सर्बोच्चको आग्रह



भारत २४ साउन ।बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन ९एससीबीए० का अध्यक्ष एएम महबूब उद्दिन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशमा सुपुर्दगी गर्न आग्रह गरेका छन्।
एससीबीए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुवै जनालाई बंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए।बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का संयुक्त महासचिवसमेत रहेका खोकनले बंगलादेशमा संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीको रिहाइको माग पनि गरे।
बंगलादेशमा आरक्षण ९कोटा० प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनका रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारत पुगेकी थिइन्। रासस

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६