अर्थ-वाणिज्य

विद्युतीय कारको मूल्य ३० देखि ४० प्रतिशत सम्मले घट्ने



कपिलवस्तु २४ साउन ।विद्युतीय कारको मूल्य ३० देखि ४० प्रतिशतसम्मले घट्ने नयाँ प्रक्षेपणहरु बाहिर आएका छन् । अमेरिकी रिसर्च संस्था केल्ली ब्लू बुकका अनुसार सन् २०२५ को अन्त्यसम्मा ईभीहरु पेट्रोल कारभन्दा सस्तो हुने रिपोर्ट सार्वजनिक गरेको हो ।

सन् २००८ देखि २०२४ अन्त्यसम्म १६ वर्षको अन्तरालमा विद्युतीय साधनले प्रयोग गर्ने हाइभोल्टेज ब्याट्रीको मूल्यमा ८९ प्रतिशतले गिरावट आएको देखिन्छ । सन् २००८ मा प्रति किलोवाट आवर लिथियम ब्याट्रीको मूल्य एक हजार ४१५ डलर थियो । अहिले त्यो घटेर १५१ डलरमा सिमित भएको छ ।

याहु फाइनान्सका अनुसार सन् २०२४ मा रहेको प्रतिकिलोवाट १५१ डलरबाट ४० प्रतिशतले मूल्यमा गिरावट आउने छ । त्यसपछि ब्याट्री भेहिकलको मूल्य कम्बस्चन इन्जिनको तुलनामा सस्तो पर्नेछ । यसअघि अन्तर्राष्ट्रिय काउन्सील अन क्लिन ट्रान्सपोर्टको अध्ययनले सन् २०२९ सम्ममा ईभी र आइसीई भेहिकलको मूल्य बराबर हुने देखाएको थियो ।

यो अमेरिकी संस्थाहरुले ६ वर्षपछि भेट्टाउने दावी गरेका विषयमा चिनियाँ उत्पादकहरुले पहिल्यै सफलता पाइसकेका छन् । अहिले चीनमा औषत ईभीको लागत ३० हजार डलरभन्दा कम छ । जबकी, अमेरिकी उत्पादकको औषत लागत ५६ हजार डलर रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

एउटा विद्युतीय कार बनाउन लाग्ने कुल खर्चमा ब्याट्रीको लागत २५ देखि ३५ प्रतिशतसम्म हुने गरेको अध्ययनले देखाएको छ । त्यसैले केही सोधकर्ताहरु ब्याट्रीको मूल्यलाई मात्रै ईभीको उत्पादन लागत घटाउने विषयसँग जोड्न नमिल्ने बताउँछन् ।विश्व बजारमा ईभीको मूल्य खुबै चासो भइरहेको भएपनि नेपालमा अहिल्यै ईभीहरु पेट्रोल कारको तुलनमा आधा सस्तोमा किन्न पाइन्छ । त्यसो हुनुको मुख्य कारण नेपाल सरकारले लिएको नीति हो ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६