देश

मन्त्रिपरिषदः दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि



काठमाडौं, २४ साउन । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो ।

यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए ।कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेलाई १४ औं वरियतामा राखेर पौडेललाई १६ औंमा राखेर प्रधानमन्त्री ओलीले वरियता हेरफेर गरेका हुन् । तर कांग्रेस केन्द्रीय सदस्य मात्र रहेकी आरजु राणा भने वरियताको सातौं नम्बरमा छिन् ।

हेर्नुहोस् मन्त्रीहरुको सुधारिएको वरियता

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६