प्रदेश

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो



बर्दिया, २४ साउन । थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षरोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।

थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताउनुभयो । मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको एक दशमलव तीन हेक्टर खाली जग्गामा दुई हजार ७४ वटा बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयले एकवर्षे र बहुवर्षे गरी एक लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब एक लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण भएको बताइएको छ ।

प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताउनुभयो । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ । रासस

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६