ब्रेकिंग न्युज

औंलोबाट दुई जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन



लमही, २६ साउन । दुई जना महिलाको सामान्य ज्वरोका कारण राजपुर नाका जेलबाङखोलामा मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उक्त नाकामा गत शनिबार र मंगलवार गरि दुई जना स्थानीयको मृत्यु भइसकेको छ ।
मंगलवार मृत्यु भएकी दिलशरालाई नेपालगन्ज मेडिकल कलेजले औलो ज्वरोका कारण मृत्यु भएको पुष्टि गरेको थियो । सोही स्थानमा अन्यमा पनि ज्वरो फैलिएकोले स्वास्थ्यकर्मी पठाएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

दाङको भैंसाही नाकामा औलो संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ जिल्ला प्रमुख रामबन्दु सुबेदीले बताए । जिल्लावाट जाने सडक अबरुद्ध हुँदा नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि उनीहरू कोइलावास नाका भएर भारतको बाटो हुँदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको हो ।


भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन् । औंलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखापर्छ । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।


लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा देसभरिको औलो रोगीको तथ्यांक मध्य ६० प्रतिशत लुम्बिनीमा रहेको स्वास्थ्य निर्देशनालय प्रमुख डा। बिनोद सिह गिरीले बताए । लुम्बिनीको तथ्यांकले नेपाल सरकारले अगाडि सारेको सन २०२५ सम्म औलो रोग उल्लमुलनको रणनीति माथी चुनौती थपिएको उनले बताए ।

प्रकाशित : २६ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६