प्रदेश

सामुदायिक वन दिवसको अवसरमा फुलवारीमा वृक्षारोपण र अन्तरक्रिया 




हरि घिमिरे, २६ साउन ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ कपिलवस्तुले सामुदायिक वन दिवस मनाइएको छ ।  शनिबार फुलवारी सामुदायिक वनको सभाहलमा अन्तरक्रिया तथा वनको नदि उकास जग्गामा वृक्षारोपण गरेर दिवस मनाइएको हो ।


कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वनको संरक्षण र विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । पन्थीले यस्ता कार्यक्रमले सामुदायिक वनको महत्व बुझ्न र त्यसको संरक्षणमा थप संलग्नता जनाउन मद्दत पुर्‍याउनेमा विश्वास व्यक्त गरे । उनले वनका लागि मानव र मानवका लागि वन दुवै महत्वपूर्ण रहेको बताए ।


यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगङ्गा नगरपालिकाका उप प्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनले हाम्रो जीवनस्तरमा महत्वपूर्ण योगदान पुर्याउने बताइन । वन केवल वनको संरक्षण मात्र नभइ, हाम्रो सांस्कृतिक र पारिस्थितिकीय उत्तरदायित्व भएको पनि उनले बताइन ।


सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईले समाजको विकास र पर्यावरणको रक्षा दुवै सँगसँगै अगाडि बढाउनु पर्ने बताए । सामुदायिक वनको संरक्षण र व्यवस्थापनका लागि हामी सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । 


सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ कपिलवस्तुका अध्यक्ष जयलाल गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कौशल राज न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । उनले भयो सामुदायिक वनको महत्व र यसको समृद्धिमा तपाईँहरूको योगदान अत्यन्त महत्त्वपूर्ण छ । करिब ५० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासङ्घका नगर अध्यक्ष लेम बहादुर गुरुङले गरेका थिए ।

वृक्षारोपण सत्रमा सहभागीहरूले सामुदायिक वन क्षेत्रलाई हरित बनाउन विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरे । यसले वन संरक्षण र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रमले सामुदायिक वनको संरक्षण र विकासमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निभाएको छ । 

प्रकाशित : २६ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६