प्रदेश

कृष्णनगरमा ठुलो मात्रामा अबैध कपडा बरामद



कपिलवस्तु, २७ साउन ।
कपिलवस्तुको कृष्णनगर क्षेत्र बाट गयराती ठुलो परिमाणमा कपडा बरामद् भएको छ । नेपाल प्रहरी तथा शशस्त्र् प्रहरी ले रात्री गस्तीका क्रममा भन्सार छलि गरी नेपाल ल्याएका ९ लाख बढीका कपडा बरामद् गरेको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार वडा नं. २ मा, नेपाल प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ लाख रुपैयाँको कपडा बरामद् भएको हो । प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार गोप्य सूचनाका आधारमा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडाहरू नियन्त्रणमा लिन प्रहरी टोली खटाइएको थियो। टोलीले १९ बोरा कपडा मात्र फेला पार्‍यो, जसमा १७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपडा, र ८ थान टावेलहरू रहेका छन्।

प्रहरी देख्ने बित्तिकै तस्करहरु भारतीय ईलाका तर्फ सामन छाडेर भागेका थिए । प्रहरीद्वारा बरामद् सामानको मूल्यांकन ६ लाख गरिएको तथा आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको निरिक्षक केसीले जानकारी दिए ।

यसैगरी शशस्त्र् प्रहरी बल कृष्णनगरले कृष्णनगर सीमा क्षेत्र बगही नजिकै दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित ३ लाख बढीको कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी शैलेन्द्र न्यौपानेका अनुसार, साडी ३७ पिस, कुर्ता सुरूवाल ८१ पिस, र ७ पोका सुर्ति बरामद गरिएको छ। यस क्रममा, यु.पी. ५६ इ ५९८३ र यु.पी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकल नेपाल अउदै गर्दा प्रहरीलाई देख्नेबित्तिकै तस्करहरू मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए।


बरामद सामान र मोटरसाइकललाई कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीको अनुसार यी कपडाहरू भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । चाडबाड् नजिकिए संगै सीमाक्षेत्र हरुबाट तस्करी मौलाउदै गएको छ भने सुरक्षाकर्मी को सक्रियता तथा रात्रीगस्ती समेत बढेको छ ।

प्रकाशित : २७ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६