प्रदेश

मोटरसाइकल र स्कुटर ठोक्कियोः आमा घाइते, छोराको मृत्यु



कपिलवस्तु, २८ साउन । बुटवल १३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो ।

सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटरबेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताउनुभयो ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते हुनुभएको छ । साथै मोटरसाइकका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते हुनुहुन्छ ।

घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६