ब्रेकिंग न्युज

घोराहीको सिस्ने खोलामा बस दुर्घटना



घोराही, २८ साउन । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको हो ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा घाइतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सवैको अवस्था सामान्य छ । उहाँका अनुसार दुर्घटनामा ५-६ जनालाई बढी चोट लागेपनि अन्यको अवस्था सामान्य छ । बसमा २० बढी यात्रुहरु सवार थिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका घाइतेहरुको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६