प्रदेश

कपिलवस्तुमा फेरि दिदीभाइलाई सर्पले डस्यो



कपिलवस्तु, ३० साउन । कपिलवस्तु नगरपालिका वडा नम्बर १ जमुहरा टोलमा फेरि दिदीभाइलाई विषालु सर्पले डसेको छ। सर्पले डस्दा भाइको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

मंगलवार राति राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो। अनमोलको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुठलमा उपचार भईरहेको दिदी प्रियाले बताईन्।

बहिनी अस्मिताको अवस्था भने खतरामुक्त रहेको पनि उनले जानकारी दिइन्। २ दिदीबहिनी र एक भाइ राति खाटमा सँगै सुतेका बेला भाइ र बहिनीलाई सर्पले डसेको उनले बताइन्।

सर्पले डसेको बारे थाहा नभएको तर, राति २ बजे भाइ बहिनीले वान्ता गर्न थालेको र रिगंटा समेत लागेपछि कपिलवस्तु अस्पताल लगिएको थियो। त्यहाँबाट गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको हो। यसअघि गत सोमबार राति पनि सोही टोलमा दाइ र भाइलाई सर्पले डसेको थियो। जसमा भाइको मृत्यु भएको थियो।

सोमाबार राति संतोष कुमार कसौधनका दुई छोराहरु १३ वर्षीय चिराग र १४ वर्षीय राजलाई सर्पले टोकेको थियो। चिरागको मृत्यु भएको थियो भने राजको बुटवलमा उपचार भईरहेको र उनको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोेतले जनाएको छ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६