देश

द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास



काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६