काठमाडौँ ३१ साउन । परराष्ट्रमन्त्री डा आरजु देउवा र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका बिभिन्न बिकल्पबारे छलफल भएको छ ।
बुधवार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ(आफ्नो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो ।
अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको बिषयमा छलफल भएको छमन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो । यस अघि गृहमन्त्री रमेश लेखक र मन्त्री अधिकारी बिच आधा दर्जन पटक बैठक भएका छन ।तत्कालीन भुमी आयोग विघटनको विरुद्ध काङ्ग्रेस निकट पदाधिकारीले सर्बोच्चमा मुद्दा दिएका छन ।सोही मुद्दाका बिशयमा सर्बोच्चले आर्को आयोग गठन नगर्न आदेश दिएको छ । पछिल्लो सहमति पछि मुद्दा फिर्ताको बाताबरण बनेको बताइएको छ ।
प्रतिक्रिया