प्रदेश

लुम्बिनी विकास कोषद्वारा स्थानीयका समस्या कार्यतालिका नै बनाएर सम्बोधन गर्ने प्रयास



रुपन्देही, ३१ साउन । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ ।

लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धचरण) को अध्यक्षतामा लुम्बिनी बचाऔं महाअभियान र लुम्बिनी होटल संघ नेपाल सहित सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने भएको हो ।

स्थानीयहरुसँग कोभिड पछाडि बन्द रहेको लुम्बिनी संग्राहलय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवि मन्दिरको स्वरुप परिवर्तन र पुर्नसरचना गर्न नपाईने, स्थानीयसंग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको दश प्रतिशत स्थानीय पालिका संग सहकार्य र साझेदारी गर्न संयुक्त कार्यविधि बनाउने, मोनाष्टी र होटल व्यवसायी र अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने एक कार्यदल बनाउने, मायांदेवि प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्ने लगायतका बिषय रहेको छ । यसैगरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद बैठकमा प्रस्ताव लैजाने पनि संघर्षरत पक्षसंग कोषले सहमति गरेको छ ।

स्थानीय लुम्बिनी बचाऔं महाभियान र होटल एशोसियसन लुम्बिनीले विभिन्न मागहरु राखेर कोषमा धर्ना र तालाबन्दी समेतका आन्दोलनका कार्यक्रमहरु भएका थिए । कोषले गत जेष्ठ महिनामा कोषाध्यक्ष ढुण्डिराज भटराई (सिद्धिचरण) को संयोजकत्वमा सरोकारवाला र लुम्बिनी सांस्कृतिक नगरपालिका समेत रहेको कार्यदल बनाएको थियो । उक्त कार्यदलले दिएको १२ बुँदे तत्काल कार्यन्वयन गर्न सकिने सवालहरु यकिन गरेर कोषलाई सिफारिस समेत गरेको थियो ।

यसैगरी होटल व्यवसायी संघ र लुम्बिनी स्थित बौद्ध विहारहरुले गेष्ट हाउस चलाएको भन्ने बिषयमा विवादहरु उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले समेत प्रतिवेदन दिएको थियो । ति सवाललाई कार्यन्वयन गर्ने बिषयमा कार्यवाहक उपाध्यक्ष समेत रहेका भट्टराईले साउन २३ गते कोषका सदस्य सचिव, योजना प्रमुख तथा शाखा प्रमुखहरुलाई राखेर कोषको स्पष्ट धारणा तयार गर्न निर्देशन दिएका थिए । बुधबार बसेको कोष र होटल व्यवसायीसँगको बैठकले विहार गुम्बा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने समझदारी बनेको हो । कोषका सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईको संयोजकत्वमा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी गुरुयोजना भित्रका विहार गुम्बाहरुको समिति लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रतिनिधि रहने गरी ९ सदस्यीय कार्यदल बनेको छ ।

छलफलबाट प्राप्त सुझावलाई आधार बनाएर सदस्य सचिवले कार्यसम्पादन तालिका तयार गरी अनुमोदन गरी आन्दोलनरत पक्षसंग सहमति लिन अलग अलग चरणबद्ध बैठकहरु गरिएको थियो ।

बैठकपछि स्थानीयहरुसंगको सहकार्य र सहमतिले लुम्बिनीको विकासमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । भएका कार्यसम्पादन तालिका र सहमतिका बुँदाहरुलाई कोषले इमान्दारीपुर्वक कार्यन्वयन भएमा स्थानिय जनतामा कोषप्रति बिश्वास जागृत हुने लुम्बिनी बचाऔं अभियानका संयोजक अकरमुद्धिनले बताए ।
यसैगरी होटल एशोसिएसनका अध्यक्ष गोबिन्द ज्ञवालीले भएका सहमतिले सबै पक्षलाई फाईदा पुग्ने भएकोले कार्यन्वयन उद्देश्यपरक हुनु पर्ने बताए ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६