ब्रेकिंग न्युज

नक्कली देखाएर सक्कली सुन ठग्ने चार जना पक्राउ



पाल्पा ३२ साउन । एक वर्षअघिदेखि पाल्पाको विभिन्न स्थानमा नक्कली गरगहना देखाएर ठगीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पाल्पा र अन्य तीन जना रूपन्देहीका रहेका छन् । उनीहरू चार जनालाइ सोमबार तानसेनको टुंडिखेलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाल्पा तिनाउ–३, झुक्साका ६३ वर्षीय चुरामणी गाहा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–८ बस्ने ४२ वर्षका गुन्जबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै रुपन्देही कन्चन गाउँपालिका–१, का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया–५, का गिरीबहादुर थापाभुजेल पनि पक्राउ परेका छन् ।
शंकास्पद मानी उनीहरूलाई सोधपुछ गर्ने क्रममा पीडितले प्रहरीमा बुझाएको जस्तो गहना भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । उनीहरूको साथबाट पहेँलो रङ्गको चापपाटे एक थान धातु र विभिन्न पीडित व्यक्तिहरूले निवेदनका साथ पेश गरेको तीन थान पहेँलो धातु बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरूले गत २०८० भदौ २६ गते तानसेनको होलाङ्दीबाट एक महिलालाई पहेँलो सुनजस्तो धातु देखाएर ललाईफकाई सुनका एक तोला कुन्डल लुटेका प्रहरी निरीक्षक बेल्बासेले बताउनुभयो । यस्तै गत चैत १८ गते तानसेनको लहरेपीपलबाट एक महिलाको साथबाट एक तोला १२ लालको सुनको गहना लुटेको, गत जेठ २७ गते तानसेनको गौरीशंकरबाट एक महिलाको साथबाट एक तोला सुनको रिङ् कुन्डल लुटेको प्रहरीले जनाएको छ । यी चार जना पाल्पाका विभिन्न स्थानसहित अन्य स्थानमा पनि संलग्न भएनभएको बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६