कपिलवस्तु, भाद्र १ गते ।
नेकपा (एमाले) का केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्दालाई एकतामा बदल्नु पर्नेमा जोड दिनु भयो । एमाले केन्द्रिय सचिव अर्यालले पार्टी निर्माणका निम्ति पार्टी नेता, कार्यकर्ताले आफ्नो कार्यशैली रुपान्तरण गर्दै जनमुखी कार्यशैली अपनाउनु पर्ने धारणा राख्नु भयो । नेता अर्यालले नेतृत्वमा रहनेहरुले सबै पार्टी कार्यकर्ताको भावनालाई ध्यान दिदै नेतृत्व गर्नु पर्नेमा सुझाव राख्नु भयो । पूर्व मन्त्री समेत रहनु भएका नेता अर्यालले पार्टीको लक्ष्यलाई केन्द्रमा राखेर पार्टीका गतिविधी, क्रियाकलाप संचालन गर्नुपर्ने धारणा राख्नु भयो । नेता अर्यालले नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सचिवालयको प्रथम वैठकलाई जिल्लाको ४ नं. मा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले कपिलवस्तु जिल्लालाई पार्टी केन्द्रले निकै महत्व दिएको चर्चा गर्दै आगामी निर्वाचनमा एमालेले उच्चतम सफलता प्राप्त गर्नेमा विश्वास प्रकट गर्नु भयो । नेता भट्टराईले राजनैतिक स्थायित्व, नेपाली अर्थतन्त्र सुधार र जनतामा देखा परेको निराशा सम्बोधनका वर्तमान सरकार सक्षम हुने धारणा राख्नु भयो । एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टीको आवश्यकता, ब्यक्तिको चाहनालाई ध्यानमा राखेर पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का केन्द्रिय इन्चार्ज वृजेश कुमार गुप्ताले आन्तरिक छलफल, सहकार्यबाट उच्चतम पार्टीले सफलता प्राप्त गर्न सकिनेमा विश्वास ब्यक्त गर्नु भयो । त्यस्तै वैठकमा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले नेता, कार्यकर्ताको भूमिका, जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिनु भयो ।








प्रतिक्रिया