ब्रेकिंग न्युज

फुलिकाका धरोहर तिवारीको अन्तिम दाहसंस्कार




कपिलवस्तु, भाद्र १ गते ।

नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटी सदस्य, फुलिकाबासीका धरोहर, पूर्व जनप्रतिनिधी एवम् सामाजिक ब्यक्तित्व सुकदेव तिवारीको शनिवार अन्त्यष्टी गरिएको छ । तिवारीलाई हिन्दु संस्कार अनुसार स्थानिय मर्थी नदीमा संयौं जनसागरका बीच अन्तिम दाह संस्कार गरिएको छ । सुकदेव तिवारीलाई एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।


मायादेवी गा.पा. वडा नं. ३ फुलिका चौधहवा निवासी सुकदेव तिवारीको टिचिङ्ग अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । ७३ वर्षिय तिवारीका २ छोरा र १ छोरी रहेका छन् । तिवारी २०७४ सालको स्थानिय निर्वाचनमा मायादेवी वडा नं. ३ बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । स्व. तिवारी लामो समय शिक्षण पेशमा समरपित हुनुहुन्थ्र्यो । सामाजिक, शैक्षिक एवम् राजनैतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउनुभएका तिवारीको निधले सिंगो फुलिकाबासी नै शोकाकूल बनेका छन । स्व. सुकदेव तिवारीलाई अन्तिम श्रद्धाञ्जलीका लागि एमाले नेता डम्मर शर्मा, प्रदेश सभा सदस्य मधुशरण कुर्मी, यशोधरा गाउँपालका अध्यक्ष शिवदयाल तिवारी, मायादेवी गाउँपालिका पूर्ज अध्यक्ष वजरंगी प्रसाद कुर्मी लगायतका विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त, स्थानियबासीको संयौको संख्यामा उपस्थिती रहेको थियो ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६