अर्थ-वाणिज्य

एमालेका सबै प्रतिनिधि छनौट :उद्घाटन मन्त्री अधिकारीले गर्ने



सरिता थारु,
कपिलवस्तु १ भदौ। नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको लागि शनिबार ११ वटै वडामा एक साथ प्रतिनिधि छनौट गरिएको छ । अधिवेशनका लागि खुल्ला तर्फबाट २७ सय ६२ पार्टी सदस्य मध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनधि छनौट गर्ने, १ सय २९ जना दलित सदस्य मध्ये १५ जना बराबर १ जना प्रतिनिधि छनौट गर्ने, छनौट हुने ३ जना प्रतिनिधि मध्ये १ जना महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने, कुल प्रतिनिधि संख्याको १५ प्रतिशत युवा अनिवार्य प्रतिनिधि हुनुपर्ने र नगर कमिटीमा रहेका ८० जना आयोजक प्रतिनिधिको रुपमा रहने व्यवस्था भए अनुसार प्रतिनिधी छनौट गरिएको छ ।

भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुन गईरहेको दोस्रो अधिवेशनको अहिले तयारी तिब्र पारिएको छ । अधिवेशनको उद्घाटन संघिय सरकारका भूमि, व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने तय भएको छ । अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि तयारी स्वरुप विभिन्न उप समितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६